अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:३३ मा प्रकाशित

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ३ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आफ्नो भ्रमण दुई देशका उच्च नेतृत्वको भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको वातावरण बनाउनेतर्फ केन्द्रित रहने उल्लेख गर्नुभयो ।

राजनीतिक एजेण्डा भन्दा पनि विकासको एजेण्डा र पहिले भएका सहमति र समझदारी, भारतीय पक्षबाट भएका प्रतिबद्धता पुरा गराउने तर्फ आफूले छलफल गर्ने प्रचण्डको भनाई थियो । दुई देशवीचको सम्बन्धलाई थप सकारात्मक बनाउनेतर्फ केन्द्रित रहने प्रचण्डले वताउनुभयो ।

अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै उहाँले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गर्नुहुनेछ । अध्यक्ष प्रचण्ड यही भदौ २४ गते स्वदेश फर्कनुहुनेछ । प्रचण्ड भारत भ्रमणबाट फर्किए लगत्तै चीन भ्रमणमा जाने कार्यक्रम तय भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू