अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

गायक विश्वराम कार्कीको “मत मर्छु होला” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ भदौ २० गते १३:३२ मा प्रकाशित

काठमाडौँ : गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गीत ‘मत मर्छु होला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरू साङ्गीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनी छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरञ्जन दिन सफल गायक विश्वराम कार्कीको ‘मत मर्छु होला अहिले चर्चाको शिखर टेक्दै गरेको छ l सुदिप सापकोटाको शब्द रचना रहेको यस गीतमा रमेश श्रेष्ठ(मेलोडी) को सङ्गीत कम्पोज रहेको छ ।

छायाकार तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल कविता, गायक विश्वराम कार्की र जीवनको अभिनय रहेको छ । माधव बेल बासेको सम्पादन रहेको भिडियोलाई आशिष् बस्नेतले छायाङ्कन गरेका छन् ।

प्रतिक्रिया