अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

उदाहरणीय ठेकेदार: जसले डेढ वर्षअघि नै बनाए एक अर्बका दुई पुल

बिआरटीनेपाल २०७५ भदौ २० गते १३:२९ मा प्रकाशित

सिन्धुली, पप्पु कन्ट्रक्सनसहितका निर्माण कम्पनीहरूले एउटा पुल सम्झौताको आठ वर्षमा पनि नबनाइरहेका बेला सिन्धुलीमा दुईवटा पुल सरकारले दिएको समयावधि भन्दा डेढ वर्षअघि नै पुरा भएका छन् । 

सिन्धुलीस्थित मरिण खोला र कमला खोलामाथिका दुई पक्की पुल निर्माण कम्पनी रसुवा कन्सट्रकसनले समझौता समय भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर उदाहरण प्रस्तुत गरेको छ।

यी मध्ये सिन्धुलीको मरिणगाउपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधवार उद्घाटन गरिएको छ । यो पुलको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबिच बुधवार गरेका छन् ।

यो पुलको उद्घाटनका क्रममामा बोल्दै अध्यक्ष दाहालले मरिण क्षेत्रकै समृद्धिको ढोका खोलेको पुल निर्माण तोकिएको समय भन्दा डेढ वर्षअघि नै सकिएकोमा हर्ष व्यक्त गरे ।

अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्ने कुरालाई यस पुल निर्माणमा संलग्न कम्पननीले पाठ सिकाएको बताए ।समयमै गुणस्तरिय काम सम्पन्न गरेर रसुवा कन्स्ट्रक्सन उच्च व्यबसायीक्ता प्रदर्शन गरेको उनले बताए। पुल उद्घाटनका क्रममा दाहालले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्ने परम्पराको थालनी भएको पनि जिकिर गरे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू