अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

भौतिक संरचनाको कारण साग प्रभावित नहुने–राखेप

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:२७ मा प्रकाशित

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताउनुभयो । पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामासमेत पाराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिताअन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिनुभयो । उहाँले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । आगामी सागमा पोखरामा ६ वटा खेल सञ्चालन गर्ने भनिए पनि पाराग्लाइडिङसहित सातवटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा रु दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू