अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

भारतसँगको सीमा विवाद लेनदेनबाट टुंग्याउन – विज्ञको सुझाव

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:२३ मा प्रकाशित

सीमाविद् र परराष्ट्र मामिलाका जानकारहरुले नेपाल र भारतबीच रहेको सीमा विवाद तत्काल टुंग्याउन सरकारलाई सुझाव दिएका छन् । बुधबार काठमाडौंमा आयोजित खुला सिमाना अवसर र चुनौती विषयक कार्यक्रमका वक्ताहरुले नेपालमा बलियो सरकार रहेको र भारतसँगको सम्बन्ध सुधार भएको अवसर पारेर सीमा समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
नेपाल र भारतबीचको सीमाको ९७ प्रतिशत ठाउँमा विवाद नरहे पनि नवलपरासीको सुस्ता, दार्चुलाको कालापानी र इलामको फाटकको सीमा विवादका कारण अन्य क्षेत्रमा पनि बेला बेलामा समस्या बल्झिने गरेको उनीहरुको भनाई थियो । कार्यक्रममा वोल्दै काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव प्याकुरेलले भारतसँगको सम्बन्ध सुध्रिएको बेलामा सीमा विवादको समस्या समाधान गरिहाल्नुपर्ने वताउनुभयो ।

परराष्ट्र मामिलाका जानकार डा. प्रद्युम्नविक्रम शाहले सुस्ता र कालापानीको सीमा विवादमा राजनीतिक समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो । सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपाल र भारतबीचको सीमानामा काँडेतार नै लगाउनुपर्ने वताउनुभयो । विध्वंसकारीहरुले खुला सीमाको अत्यधिक दुरुपयोग गरेको भन्दै उहाँले ठाउँठाउँमा आवतजावतको बाटो छाडेर अरु ठाउँमा काँडेतार नै लगाउनुपर्ने वताउनुभएको हो ।

भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले खुला सीमाका कारण धेरै समस्या देखिएकाले द्वीपक्षीय छलफलबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू