अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकोे नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू