अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कांग्रेस सांसद सिंहद्धारा राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:१७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको हो ।

संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको सिंहले आरोप लगाउनुभयो । सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गइरहेको भन्दै नेता सिंहले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने ठहर गर्नुभयो । मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुनअनुसार चल्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू