अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

बोली व्यवहारमा उतार्न एमाले नेता भीम रावलको प्रधानमन्त्रीलाई आग्रह

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:१५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्वमन्त्री भीम रावलले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यासको कुनै निर्णय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई व्यवहारमा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । संसद वैठकको विशेष समयमा बोल्दै रावलले प्रधानमन्त्रीले संसदमा बिमस्टेक राष्ट्रबीच कुनै पनि सैनिक अभ्यास छैन भनेको उल्लेख गर्दै त्यही कुरा व्यवहारमा रुपान्तरित होस् भन्ने चाहेको वताउनुभयो ।

रावलले बिमस्टेक सार्क जस्तै ठूला कुरा गर्ने परिणाम नआउने निकाय बन्न सक्ने चुनौती औल्याउनुभएको छ । नेपालले क्षेत्रीय सहयोगमार्फत् कुनैपनि सैनिक अभ्यासमा प्रवेश गरे दीर्घकालीन रूपमा राजनीतिक, रणनीतिक र कुटनीतिक क्षति हुने नेता रावलको ठहर थियो । नेपालको भूराजनीति, विशाल छिमेकी र बदलिँदो अन्तर्राष्ट्रिय अभ्यासलाई ख्याल गर्नुपर्ने उहाको भनाई थियो । रावलले नेपालले स्वीटरजल्याण्डले दोस्रो विश्वयुद्धमा असंलग्न भएको जसरी भूमिका निर्वाह गर्नुपर्ने वताउनुभएको छ । नेपाली समाज लोकतान्त्रिकरण भएको उल्लेख गर्दै कुटनीतिमा पनि लोकतान्त्रिकरण हुनुपर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू