अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

बोल्डर भलिबल खेलमा डेनभर युथ टिम विजयी

बिआरटीनेपाल २०७५ भदौ २० गते ७:४३ मा प्रकाशित

सामाजिक सद्भाव र आपसी मेलमिलापको अवधारणा लिएर विगत १० वर्ष देखी अमेरिकाको लेबर डे का दिन पारेर बोल्डर स्थित शेर्पा रेस्टुरेन्टका वनर पेम्बा शेर्पाले भलिबल खेलको आयोजना गर्दै आइरहेका छन् । समरको बिदाइ र विन्टरको स्वागत हुने मौसममा बोल्डर रमणीय स्थानमा यसपाली पनि नेपाली समुदायका ८ टिमले भाग लिएका थिए । 

डेनभर युथले उपाधि उचालेको उक्त खेलमा गोर्खाली उपबिजयता बनेको थियो। अरोरा भलिबल टिमले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । ५००, ३०० र २०० डलरको धन राशि उपहार बिजयता टिमलाई पेम्बा शेर्पाले प्रदान गर्नु भएको थियो भने डेनभर युथका प्रेम कार्कीले उत्कृष्ट खेल खेले बापत सान्त्वना पुरस्कार पाएका थिए । 

प्रेम कार्की, रमेश कार्की, जित पौड्याल, नेत्र काफ्ले, लक्ष्मी खनाल, शेर मान तामाङ, मोन पौड्याल प्रथम हुने डेनभर युथका खेलाडीहरू हुन भने चक्र गुरुङ, जाऊ गुरुङ, विनोद गुरुङ, बिशेस्वर के.सी, विलास श्रेष्ठ, अनिल बुढाथोकी, पदम थापा, द्वितिय हुने गोर्खाली टिमका खेलाडी हुन । अरोरा भलिबल टिमले त्रितिय स्थान ओगटेको छ । फोटो: भुपेन्द्र महत 

 

 

प्रतिक्रिया