अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

एसिया कप क्रिकेट –नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना अधुरो

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:३० मा प्रकाशित

एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । यो हारसँगै एसिया कप खेल्ने नेपालको सपना चकनाचूर भएको छ ।

हालैमात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती दुई खेलमा ओमन र युएईसँग हारेको थियो । मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमनले युएईलाई त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना जीवित थियो । तर, क्वालालम्पुरको युकेएम ओभलमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।

 

प्रतिक्रिया