अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

जर्मनीमा जातीयताविरुद्ध आयोजित सांगीतिक कार्यक्रममा नाजीविरोधी नारा लाग्यो

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२५ मा प्रकाशित

जर्मनीको पूर्वी शहर केम्नित्समा जातीयताविरुद्ध आयोजित हजारौं मानिस सहभागी सांगीतिक कार्यक्रममा नाजीविरोधी नारा लागेको छ । करिब ६५ हजार सहभागी कार्यक्रममा केहीले नाजीहरुलाई निकाल भन्नेसम्मका नारा लगाएका थिए । गत महिना दुईजना संदिग्ध आप्रवासीले एक जना ३५ वर्षीय जर्मन नागरिकलाई चक्कु आक्रमणबाट हत्या गरेपछि शहरमा चरम दक्षिणपन्थीहरूको प्रदर्शन र त्यसको जवाफी प्रदर्शनहरू भइरहेका छन् ।

यसअघि गत सोमबार एक जना अफगानिस्तानका आप्रवासीलाई जर्मन केटी साथीको हत्याको अभियोगमा आठ वर्ष जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई चरम दक्षिणपन्थी समूहहरूले आप्रवासीविरोधी अभियानका रुपमा प्रयोग गरेका छन् । कार्यक्रम चलिरहँदा शनिबारको प्रदर्शनमा पत्रकारमाथि आक्रमण गरेका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू