अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

जापानमा शक्तिशाली आँधी, सतर्कता अपनाउन आह्वान

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२४ मा प्रकाशित

जापानमा २५ वर्षयताकै सवैभन्दा ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षा सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले वताएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिलेसम्म आँधी का कारण भएको क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । जापानी सरकारी टेलिभिजन एनएचकेका अनुसार उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल समेत गर्नुभएको छ ।

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ । मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको जनाईएको छ । प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक वोलाउनुभएको छ । यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ । मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न सुचित गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू