अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

सरकारविरुद्ध एकताबद्ध भएर लड्न कांगे्रस सभापति देउवाको निर्देशन

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिनुभएको हो ।
पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेको पनि स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दाबी पनि गर्नुभयो । प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू