अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

जनतामा छाएको निरासा हटाउन गम्भीर कदम चालिने – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पछिल्लो समय जनतामा चरम निरासा छाएकोले त्यसलाई हटाउन गम्भीर कदम चालिने वताउनुभएको छ । सरकारका मन्त्री र अन्य सरकारका कामकारबाही प्रति जनतामा असन्तुष्टि बढेकाले त्यसलाई छिट्टै सम्बोधन गरिने प्रचण्डले वताउनुभयो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारका काम कारबाहीलाई लिएर विश्लेषण गरे पनि संश्लेषण गर्ने समय भई नसकेको स्पष्ट पार्नुभयो । करीब ७० वर्षपछि स्थिर र इतिहासकै शक्तिशाली वामपन्थीको सरकार वनेपनि जनअपेक्षा अनुरुप स्थानीय तहदेखि केन्द्र सरकारका काम कारबाही प्रभावकारी हुन नसकेपछि जनतामा असन्तुष्टि बढ्दै गएकोमा प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई समयमै सम्बोधन गर्न आफुहरु लागेको वताउनुभयो ।

त्यस्तै अध्यक्ष प्रचण्डले आफ्नो आसन्न दुई छिमेकी देश भारत र चीनको भ्रमणलाई लिएर शंका नगर्न आग्रह गर्दै भ्रमण छिमेकीसँगको सम्बन्ध विस्तारमा केन्द्र रहने स्पष्ट पार्नुभयो । कानूनको शासन स्थापित गर्न र जनतालाई सम्भव भएसम्मको राज्यबाट सेवा सुविधा उपलब्ध गराउने विषयमा सरकारको ध्यान केन्दि«त रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू