अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

पहिरोले एकै घरका ३ को मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १८ गते १९:५७ मा प्रकाशित

सल्यान — अविरल बर्षापछिको पहिरोले घर पुर्दा बाग्चौर नगरपालिका १२, बाफुखोलाका बालाराम डाँगीका ३ छोराछोरीको आईतवार मृत्यु भएको छ । 

मृत्यु भएकामा ८ बर्षीया ललिता, ४ बर्षीया मेनुका र ६ बर्षीय ललित छन् ।

भैँसी दुहुन गोठमा गएकाले डाँगी दम्पतीलाई केही भएन ।

प्रहरी नायव उपरीक्षक वीेरेन्द्रबहादुर शाहीका अनुसार पहिरो आउने क्रम नरोकिएकाले समयमै उद्धार हुन सकेन ।

पीडित परिवारलाई बाग्चौर नगरपालिकाकाले खाद्यान्न र रहात सहयोग दिने नगरप्रमुख लोकमान बुढाथोकीले बताए ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू