अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

बिआरटीनेपाल २०७५ भदौ १८ गते १९:५३ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।

यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो ।

यसरी हेर्दा गत बर्षसम्म कोषमा खर्च कटाएर ५ खर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ ।
अघिल्लो बर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो ।

रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रुपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ बर्षमा ५ खर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू