अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

एसियाड– प्याराग्लाइडिङ विजेता खेलाडी ५ लाख पुरस्कार सहित सम्मानीत

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:३६ मा प्रकाशित

सरकारले एसियाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडीहरुलाई ५ लाख रुपैयाँ नगद सहित सम्मान गरेको छ । सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एसियाली खेलकुद अन्तरगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान विमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मान अघि रजत पदक बिजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आहृवानमा सोमबार काठमाडौंमा नगर परिक्रमासमेत गराईएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रजत पदक बिजेता खेलाडीहरुलाई ५ लाख नगदसहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुलाई उचित वातावरण दिलाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल कदमी लिन पनि सबैलाई आग्रह गर्नुभएको छ । मन्त्री विश्वकर्माले प्याराग्लाइडिङ खेलको विकासका लागि राज्यले लगानी बढाउने घोषणा पनि गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू