अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

प्रकाण्डलाई पटक पटक थुनामुक्त गर्ने आदेश उल्लंघन भएकोमा सर्वोच्चको चासो

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:३१ मा प्रकाशित

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ । सर्वोच्वले कानुन कार्यान्वयन गर्ने निकायबाट दिईएको आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार समेत व्यक्त गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न समेत आदेश दिएको छ । यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू