अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

सरकार र आन्दोलनरत चिकित्सक संघबीचको वार्ता निष्कर्षविहीन

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:२८ मा प्रकाशित

सरकार र आन्दोलनरत् चिकित्सक संघबीचको वार्ता निष्कर्षविहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघ आन्दोलित बनेको छ । आज स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरिसकेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।

तर, चिकित्सकहरुले भने सरकारलाई १५ दिने अल्टीमेटम दिँदा पनि कुनै निर्णय हुन नसकेको कारण आन्दोलनमा जानु परेको र सम्बोधनको हुने ठोस प्रतिबद्धता आएमात्रै आन्दोलन रोक्न सकिने अडान लिएका थिए । यो सँगै वार्ता कुनै सहमति बिनै टुंगिएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले सरकारले माग पूरा हुने भरपर्दो आधार तयार नहुँदासम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो । आन्दोलनका कार्यक्रम अनुसार संघले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासन ठप्प पारेको छ ।

यसैवीच, भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको फौजदारी संहिताको इलाजसम्बन्धी व्यवस्थामा संशोधन गर्न सरकार तयार भएको छ । सोमबार आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवबीचको वार्तामा सरकार संहिता संशोधनको प्रक्रिया अघि बढाउन तयार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू