अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

निर्मला पन्त बलात्कार र हत्याबारे कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जरूरी महत्वको विषयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रूपमा गरेको अध्ययनबारे जानकारी गराउनुभयो । उहाँले उक्त प्रतिवेदनमा निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

निर्मला प्रकरणबारे काँग्रेस नेता बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा ध्यानाकर्षण गराएको हो ।
सांसद वडुले देशमा बलत्कारका घटना बढ्दै गएको भन्दै भदौ १४ गते कञ्चनपुरको बेलगाँडीकी निर्मला पन्तको बलात्कारपछि निर्मम तरिकाले गरिएको हत्याको घटना मनाव सभ्यताको कलंक बनेको धारणा राख्नुभयो । घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उहाँले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको वताउनुभयो ।

भदौ १० र ११ गते समाजका अगुवा, स्थानीय नागरिक, महिला समूहहरु, पत्रकारहरु र मृतक परिवारहरु, पीडितहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको भन्दै सांसद वडुले वडा प्रहरी र जिल्ला प्रहरीले उक्त घटनालाई हल्का रुपमा लिएको समेत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू