अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

हरितालिका तीज कोलोराडोमा भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ १८ गते १२:०५ मा प्रकाशित

सिस्टर ग्रुप कोलोराडोको आयोजनामा महिलाहरूको पवित्र चाड हरितालिका तीजको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । परदेशमा बसेर पनि आफ्नो धर्म संस्कार र परम्परालाई जोगाउने उद्देश्य लिएर कोलोराडोमा सक्रिय भूमिका निर्वाह गर्दै आएको यस समूहको यो दोस्रो तीज कार्यकम हो ।

परम्परा झल्कने रातो सारी र गर गहनाले झकिझकाउ भएर बाक्लो सङ्ख्यामा उपस्थितिको भएका महिलाहरूले मिठो दर र कम्मर मर्काउने रहरलाई पुरा गरेका छन् ।

पल्लवी भुषाल सहित सिस्टर ग्रुपको स्वागत तीज गीतबाट सुरु भएको कार्यक्रम दर खाने क्रम पछि साना बहिनीहरूको सामूहिक तथा एकल नृत्यबाट अघि बढेको थियो । एकल नृत्य गर्नेहरूमा आर्या चालिसे, आँचल शर्मा, रनुष्का उपाध्याय, आरुषि अधिकारी र अन्जना पौडेलले आफ्नो कलाको प्रस्तुत गरेका थिए भने प्रियङ्का श्रेष्ठ सानिया श्रेष्ठ विभूति अधिकारी समूहमा नृत्य गरेका थिए ।

कार्यक्रममा स्वयमसेवकहरु पनि सञ्चालित थिए । आरोहण प्रसाई, अभियान बराइली, आयुष श्रेष्ठ, अभिनव चालिसे, आदेश अधिकारी, आदेश भट्टराई, राजन भट्टराई, निकीता चापागाई, निरजा चापागाई सार्थक तिवारी, प्रशान्त न्यौपाने, स्पन्दन थापा, आरोह अधिकारी विवेक भुषाल र सर्वज्ञ खनालले सहयोगी हात बढाएका थिए ।

डिजे निरोजले रमाइला रमाइला गीत बजाएर दिदीबहिनीहरूलाई नाच्न झन् झन् उत्साहित बनाएका थिए । धन पौड्यालले सञ्चालन गरेको उक्त कार्यकममा सहयोगी हातहरूलाई प्रमाण पत्रद्वारा हौसला प्रदान गरिएको थियो । दिनेश भट्टराईले हलको लागि आर्थिक सहयोग प्रदान गरेका थिए भने धेरै व्यक्ति तथा सङ्घ संस्थाको साथ भएको आयोजक मध्यकी शान्ति भुषालले जानकारी दिएकी छिन ।

NRN Colorado Chapter NRN Colorado Chapter Help desk को सह आयोजना रहेको उक्त कार्यक्रममा जमेर महिलाहरूले घित मारेर नाचेका थिए । उक्त कार्यक्रमको बिआरटि नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया