अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

एसिया कप छनोटः नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:४८ मा प्रकाशित

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टाउन सफल रह्यो । यसअघि टस जितेर पaहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको थियो । खेलेका तीनमध्ये २ खेलमा हार र १ खेलमा जित निकालेको नेपाल अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो भने हिजो भएको तेस्रो खेलमा भने आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो । पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन् ।

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया