अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 23:09

भीषण बर्षापछि भारतको राजधानी नयाँ दिल्ली डुबानको चपेटामा

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:४५ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्ली भीषण बर्षाका कारण डुवानको चपेटामा परेको छ । डुबान हुँदा दिल्लीको यातायात लगायत दैनिक जनजीवन कष्टकर बनेको छ । दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही बस्तीहरूसमेत डुबानमा परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

डुबानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुबानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ । आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ । बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ । शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू