अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

सोमालियामा आत्मघाती विस्फोट, कम्तीमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:४२ मा प्रकाशित

सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मोगादिसुको हाउल्वादाग जिल्लामा स्थानीय सरकारी कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा १४ जना भन्दा वढी घाईते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि यस्ता आक्रमण गर्दै आएको छ । तर, विस्फोटको जिम्मा भने हालसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू