अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

गोलीकाण्डले नेपाली समुदाय तरंगित

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:२५ मा प्रकाशित

जब आफ्ना साथी वीरेन्द्र ठकुरीलाई सम्झँदा पासाङ शेर्पालाई उनको मीठो मुस्कान याद आउँछ । उनी ठकुरी नेपाली समुदायका विभिन्न कार्यक्रममा सहभागी हुने गरेको सम्झन्छन् । उनी ठकुरीसँग जाडो सुरु नभएसम्मै खोलातिर हिँड्ने गरेको र कामपछि अस्ताइरहेको घाम हेर्दै बाइकमा हिँडेको सम्झिन्छन् । 

यस्ता घटना अब दोहोरिने छैनन् । ठकुरी, २७, को वेस्टमिनिस्टरमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भइसकेको छ । प्रहरीको दाबी अनुसार थुप्रै मानिस झगडा गरिरहेको सूचनाका आधारमा रान्च रिजर्भ पार्क वे र फेडेरल बुलेभार्डमा पुग्दा ठकुरी र उनका भाइ अघि आएर भौतिक आक्रमण गर्न खोजेपछि गोली चलाइएको थियो । घटना गत २५ अगस्ट साँझ करिब पौने ९ बजे भएको थियो ।

‘ठकुरी निहत्था थिए,’ उनका वकिल गेल जोन्सनले भनेका छन् । कोलोराडो ब्युरो अफ इन्भेस्टिगेसनका अनुसार त्यहाँ ठकुरीको कुनै आपराधिक रेकर्ड छैन । यस विषयमा अनुसन्धान भइरहेको भन्दै वेस्टमिनिस्टर पुलिसले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

ठकुरी ब्रुमफिल्डमा १० वर्षदेखि बसोबास गर्दै आएका थिए । उनको मृत्युले डेन्भरमा ठुलो सङ्ख्यामा बस्ने नेपाल समुदाय आक्रान्त बनेको छ । धेरैको प्रश्न छ: ठकुरीलाई किन गोली ठोकियो ? र, यसबारे कसैलाई किन जानकारी छैन ?

फरक वर्णको निहत्थालाई गोली ठोक्ने प्रहरी अधिकारी अहिले देशभर चासोको केन्द्र बनेका छन् । गोली हान्दा प्रहरीको शरीरमा जडित क्यामेराबाट खिचिएको भिडियोले आक्रोश पैदा गरेको छ । त्यसले गोलीकाण्डको प्रतिरोधमा उत्रिन उत्साहित बनाएको छ ।

‘घटनाबाट सिङ्गो नेपाली समुदाय मर्माहत बनेको छ,’ युनिभर्सिटी अफ कोलोराडोस्थित नेपाली स्टुडेन्ट एसोसिएसनका सह अध्यक्ष आशुतोष अधिकारीले भने । रकी माउन्टेन फ्रेन्ड्स् अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले अमेरिकामा नेपालीलाई गोली ठोक्ने ती मानिस पहिलो प्रहरी अधिकृत भएको बताए ।

अधिवक्ता जोन्सनका अनुसार ठकुरीकी आमा छोरामाथि के भएको हो भन्ने जान्न चाहन्छिन् । ठकुरीको मृत्युपछि उनका साथी र नेपाली समुदायले जस्टिसफरबिरेन्द्र ह्यासट्यागमा सामाजिक सञ्जाल अभियान चलाएका छन् ।

घटनाको भोलिपल्ट बिहानै शेर्पा लङमन्टस्थि आफ्नै स्टोरमा काम गर्दा उनको मोबाइलमा आएको मिस कल र भ्वाइस मेल चेक गरिरहेका थिए । त्यसमध्ये एउटा भ्वाइस मेलले उनको होस उडाए । उनले त्यो भ्वाइस म्यासेज पटक पटक रिप्ले गरे । आफ्ना साथी मारिएको उनले विश्वास गर्नै सकेनन् । ‘झट्का लाग्यो,’ उनले भने ।

त्यही दिन उनले ठकुरीको आमालाई भेटे । उनी बोल्नै सकेनन् । रुँदै यति भने, ‘वीरेन्द्रलाई लिन जाऊँ ।’ दुवैलाई झट्का असह्य थियो । वीरेन्द्रकी आमा रोइरहेकी थिइन् । उनी के गर्ने, कसो गर्ने सोच्नै सकिरहेका थिएनन् ।

शेर्पाले ठकुरीलाई एक दशक अघि नै चिनेका थिए । बास्केटबल कोर्टमा भएको चिनजान मित्रतामा परिणत भएको थियो । आफ्नो टिम हारेपछि ठकुरीले शेर्पालाई आएर बधाई दिएका थिए । त्यसपछि उनीहरू साथी बनेका थिए । ‘जहाँ जान्थे साथी मात्र बनाउँथे,’ शेर्पा सम्झिन्छन् ।

साभार: डेनभर पोस्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू