अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

सिनिया क्षेत्रमा विज्ञ सम्मेलन १५ सेप्टेम्बरमा

बिआरटीनेपाल २०७५ भदौ १७ गते १:०५ मा प्रकाशित

लन्डन ।अस्ट्रेलियाको सिड्नीमा पहिलो पटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरूमा सफलता हासिल गरेका विज्ञहरू सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ । आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलनकै पूर्वतयारीको रूपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरूको बारेमा खोजी समेत गरिने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताउनुभयो ।

यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरूको सहभागिता रहने छ । अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरूमा काम गरिरहेका विज्ञहरूले सहभागिता जनाउनेछन् ।

कार्यक्रमको निष्कर्षलाई यही अक्टोबरमा काठमाडौँमा दुई दिनसम्म हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनलाई ठोस सहयोग र सल्लाह र्पुयाउने विश्वास आयोजकले लिएको संयोजक अधिकारीले बताउनुभयो । कार्यक्रममा विभिन्न विषयहरूमा कार्यपत्र समेत प्रस्तुत गरिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू