अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

विश्वविद्यालयमा सम्बन्धनको व्यापार

बिआरटीनेपाल २०७५ भदौ १६ गते २१:१५ मा प्रकाशित

बौद्धदर्शनसम्बन्धी अध्ययन–अनुसन्धान गराउने उद्देश्यले स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ अध्यापन गराउने कलेजलाई सम्बन्धन दिएको छ ।

विश्वविद्यालयमा इन्जिनियरिङ विभागसमेत छैन । त्यस्तो विषय अध्ययन गराउने आफ्नो आंगिक कलेज छैन । इन्जिनियरिङ शिक्षा अनुगमन गर्ने अध्यापक छैनन् । तर, यही विश्वविद्यालयले लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्सलाई इन्जिनियरिङको सम्बन्धन दिएको छ ।

विवाद भएपछि सरकारले छानबिनका लागि समिति त बनायो, समितिले अधिकारबाहिर गएर सम्बन्धन नदिन विश्वविद्यालयलाई सुझाबसमेत दियो ।

तर, सम्बन्धन खारेज भएको छैन, कलेजले पढाइरहेको छ । कलेजले इन्जिनियरिङका लागि शिक्षा मन्त्रालयबाट लिनुपर्ने मनशायपत्रसमेत नलिई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मात्र गरेन, ०७२ बाट कक्षा चलाइरहेको छ । रजिस्ट्रार तिलकराम आचार्य भन्छन्, ‘सरकारले बनाएको कमिटीले कमजोरी देखायो, तर खारेज गर्ने भनेको छैन ।’

गत ९ साउनमा बसेको विश्वविद्यालय सभाले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय पारित गरेको छ । एउटै संकायले बाँच्न गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको रजिस्ट्रार आचार्य बताउँछन् । सम्बन्धनप्राप्त १० र एउटा आंगिक गरी लुम्बिनी विश्वविद्यालयका कुल ११ कलेज छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू