अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

बर्दीमाथि अविश्वासः राजकीय तहमै प्रहरीको साखमाथि संशय !

बिआरटीनेपाल २०७५ भदौ १६ गते २१:१० मा प्रकाशित

हरेक नागरिक बर्दीबिनाका प्रहरी । हरेक प्रहरी बर्दीका नागरिक ।’

सुरक्षा फौजमा प्रचलित यो भनाइले प्रहरीको सफल्तामा नागरिकको साथ र सदभाव लुकेको सन्देश दिन्छ । तर, अहिले प्रहरीको यही मुल मन्त्र च्युत बनेको छ ।
कञ्चनपुरमा १० साउनमा बलात्कृत निर्मला पन्त प्रकरणले त प्रहरीको संस्थागत साख नै संकटमा धकेलिदिएको छ । प्रहरीको कामबाट चित्त बुझाउन नसकेका स्थानीयले आन्दोलन चकाएपछि प्रहरी गोलीबाट एक किशोरको ज्यान गुम्यो । भौतिक क्षतिको लेखाजोखा छैन ।

एक महिनादेखि कञ्चनपुर यसरी नै आक्रोशित छ । यो त प्रहरीको अनुसन्धानमाथि सर्वसाधारणको चुलिँदो अविश्वासको पछिल्लो प्रकरण मात्र हो । कानुन कार्यन्वयन शान्ति सुरक्षा र अपराध नियन्त्रणको मुलभुत जिम्मेवारी बोकेको मुलुकको फ्रन्टलाइन फौजप्रति नागरिकको विश्वास टुट्दै गएका यस्ता थुप्रै दृष्टान्त छन्।, आजकोनेपालसाप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू