अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

वीरेन्द्र ठकुरीको अन्त्येष्टि सम्पन्न, दीप प्रज्वलन कार्यक्रम आजै सांझ

बिआरटीनेपाल २०७५ भदौ १६ गते १६:२५ मा प्रकाशित

कोलोराडो निवासी वीरेन्द्र ठकुरीको अन्त्येष्टि आज डेवीड एन्ड टेबलेर फ्युनरलमा सम्पन्न गरियो । अगस्त २५ तारिखका दिन साँझ ८:४५ बजे ब्रुमफिल्डमा कोलोराडो प्रहरीको गोलीबाट उनको मृत्‍यु भएको थियो । उक्त घटना सम्बन्धी अनुसन्धान अझै जारी छ । 

पास्तर बबले क्रिस्चियन धर्मअनुसार बाइबलका पङ्क्तीहरु पढेर श्रद्धान्जली सभा प्रारम्भ गरेका थिए भने, वीरेन्द्रकी दिदी अन्जुला अधिकारीले उनको जीवनीबारे र ठुली आमा शान्ता सापकोटा, पास्तर ब्रस, थोमस र वीरेन्द्रसगै काम गर्ने उनका साथी लारीले उनीसँग बिताएका समयहरूको सम्झना गरेका थिए ।

त्यसै गरी रमेश गुरुङ, लछुमन राणा, बुद्धि लामिछाने र कर्मा शेर्पाले पनि श्रद्धान्जली अर्पण गर्नुका साथै यस दु:खद घटनाले कोलोराडोका सबै नेपालीहरुलाई एकजुट गरेको र वीरेन्द्रले न्याय पाउनु पर्ने विषयमा जोड दिएका थिए । श्रद्धान्जली सभाको सञ्चालन विनोद त्रिपाठीले गरेका थिए ।

दिनको १२ बजेदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रममा उनका मामा हरि ढकालले विद्युतीय स्विच थिची पार्थिव शरीरलाई दाग बत्ती दिएका थिए ।

आज साँझ ७:३० बजे फेडरल बुलेवार्ड र ११५ एभेन्यु नजिक स्टेन्डफोर्ड लेक ड्राइभ र फेडरल बुलेवार्डको चोकमा वीरेन्द्र ठकुरिको सम्झनामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । उक्त स्थान मैनबत्ती उपलब्ध हुनेछ ।

 

 

प्रतिक्रिया