अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

लुका मोड्रिच बने युरोपको सर्वोत्कृष्ट खेलाडी

बिआरटीनेपाल २०७५ भदौ १५ गते २२:५५ मा प्रकाशित

काठमाडौं । विश्वकप २०१८ मा उत्कृष्ट प्रदर्शन गरेका क्रोएसियाको फुटबल टोलीका कप्तान लुका मोड्रिच युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।

बिहीबार हिजो राति युरोपेली फुटबल संघले सार्वजानिक गरेको वार्षिक अवार्ड कार्यक्रममा रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका मोड्रिच गत वर्ष गरेको प्रदर्शनका आधारमा युरोपकै सर्वोत्कृष्ट फुटबलर घोषित भएको हुन् ।

उनले युरोपेली फुटबल संघले आयोजना गरेको अवार्डमा आफ्नै क्लबका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहलाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् । तर सलाह र मोड्रिच मात्रै अवार्ड समारोहमा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू