अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

डब्लूटीओ बाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिनुभएको छ । डब्लूटीओको अमेरिका प्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिनुभएको हो । ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उनीहरुले कार्यशैली नवदलिएको खण्डमा अमेरिका डब्लूटीओबाट बाहिरिने स्पष्ट पार्नुभयो ।

डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो । तर संरक्षणवादी नीतिलाई अंगालेका राष्ट्रपति ट्रम्पले डब्लूटीओले पक्षपातपूर्ण व्यवहार गरिरहेको आरोप लगाउदै आउनुभएको छ । ट्रम्पले राष्ट्रपति बन्नुअघि नै विश्व व्यापार संगठनले भेदभापूर्ण व्यवहार गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

यसैबीच, डब्लूटीओको विवाद समाधान गर्ने न्यायाधीकरण न्यायाधीशहरुको निर्वाचन पनि अमेरिकी असहयोगका कारण रोकिएको छ । जसका कारण विवाद समाधान गर्ने प्रणालीलाई नै निस्कृय पार्ने खतरा बढेको छ । डब्लूटीओको राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व हुने देखिएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू