अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 17:24

जनभावना अनुसार काम हुन सकेन — काग्रेस नेता सिंह

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:२५ मा प्रकाशित

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना अनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै सिंहले संसदमा कांग्रेसको उपस्थिती नभएको आरोप लगाउने कम्युनिष्टहरुले काम गर्न पनि काँग्रेसले अवरोध गर्यो भन्दै हिड्नु हाँस्यास्पद भएको वताउनुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले विमस्टेक सम्मेलनमा भारतमा सैन्य अभ्यास गर्ने सम्वन्धमा सोधिएको प्रश्नमा उहाँले छिमेकी राष्ट्रहरुलाई सन्तुलनमा राखेर काम गर्ने नीति काँग्रेसको रहेको उल्लेख गर्नुभयो । नेता सिंहले विमस्टेक भएका कतिपय निर्णयहरु राम्रा भएको र कतिपय अध्ययन गरेपछि मात्रै टिप्पणी गर्ने वताउनुभयो । सरकार शान्ति सुरक्षा स्थापनाका लागि असफल भएको उहाँको आरोप थियो । न्याय लिनका लागि जनताहरु सडकमा आउनु र गोली खाएर मर्नुपर्ने अवस्था लज्जाजनक रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू