अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

चौथो विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न– परराष्ट्रमन्त्री

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:२४ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको वताउनुभएको छ । विमस्टेक सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले संविधान पारित भएपछि तथा वर्तमान सरकारको गठन पछाडिको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको लागि प्रर्याप्त समय नभएको भए पनि नेपालको सबै तप्काबाट प्राप्त सहयोगले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सकेको वताउनुभयो ।

सम्मेलनले १९९७ को वैंकक घोषणापत्रमा उल्लेखित विमस्टेकको सिद्धान्त तथा उदेश्यप्रति आफ्नो प्रतिबद्धता पुनः जाहेर गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । सम्मेलनले विभिन्न शिर्षकमा आफ्ना आगामी कार्यक्रमहरु अगाडि बढाएको कुरा पनि उल्लेख गदै मन्त्री ज्ञवालीले ति कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमार्फत जोड दिइएको विषयहरुमा संरचनागत सुधार, गरिबी निवारण, कनेक्टिभिटि, व्यापार तथा लगानी, प्रतिआतंकवादी तथा अन्तरदेशीय अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन, उर्जा, प्रविधि, कृषि, माछापालन, जनस्वास्थ, जनता–जनताबीच सम्पर्क, सास्कृतिक सहकार्य, पर्यटन, पहाडि अर्थतन्त्र तथा ब्लू इकोनोमी रहेका छन् ।

यसका साथै सम्मेलनले दीगो विकासको एजेण्डा २०३० को कार्यान्वयनको लागि मिलेर काम गर्ने प्रतिवद्धता गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले सम्मेलनले अति कम विकसित राष्ट्र तथा भूपरिवेष्ठित राष्ट्रको विशेष अवस्थालाई स्वीकारेको पनि वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू