अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौँ जाने

बिआरटीनेपाल २०७५ भदौ १५ गते ८:१५ मा प्रकाशित

टेक्सस (अमेरिका)- नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैर आवासीय नेपालीहरूका मागहरू बारे स्पष्ट नभएको निष्कर्ष सहित गैर आवासीय नेपालीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौँ जाने भएको छ ।

हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको नागरिकता विधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर सञ्जय थापालाई काठमाडौँ पठाउन लागेको हो ।

एनआरएन अमेरिकाले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपालीहरूका मागहरू सम्बोधन गर्न सम्बन्धित निकायसमक्ष लबी गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको जनाएको छ । यस अघि एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पूर्व सभामुख सुवास नेम्वाङ लगायतका व्यक्तिहरू सँग यसबारे छलफल गर्नुभएको थियो भने एनआरएन अमेरिकाले महावाणिज्यदुतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो । 

प्रतिक्रिया