अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

‘नेपाली प्रतिनिधि बालकविता’ पुस्तक प्रकाशन

बिआरटीनेपाल २०७५ भदौ १४ गते २२:४८ मा प्रकाशित

काठमाडौँ, १४ भदौ / नेपाली प्रतिनिधि बालकविताको पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट हीरक वर्ष प्रकाशनको उपलक्षमा प्रकाशित भएको छ । यस पुस्तकमा नेपाली बालकबिताको ऎतिहासिक सर्वेक्षण, ११० जना कविहरूका १-१ वटा कविता / गीत सहित परिचय र कविताहरूको छोटो विश्लेषण गरिएको छ। यो पुस्तक जयन्ती स्पन्दन र बालमुकुन्द कार्कीले सम्पादन गर्नु भएको छ।

पुस्तकमा लक्ष्मीप्रसाद देवकोटा ,कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्कवि माधवप्रसाद घिमिरे देखि अहिले सम्मका समकालीन बाल कवितामा कलम चलाउने कविहरूका कविता समेटिएका छन्। यसमा सबै कविहरूलाई समेट्न नसकिए पनि भविष्यमा बालकविताको क्षेत्रमा थप अनुसन्धान गर्न यो पुस्तकले मद्दत पुर्‍याउने पुस्तकको सम्पादक जयन्तिले बताउनुभयो । पुस्तकमा बाल साहित्यका क्षेत्रमा अझ थप अभिवृद्धि गर्नका लागि सुधारात्मक सुझाव समेत दिइएको छ ।

बालकवितामा खोज र अनुसन्धान गर्नुहुने लेखकहरू स्पन्दन र कार्कीको यो योगदानले बाल साहित्यमा नयाँ आयाम दिने देखिन्छ । भोलिका भविष्य बालबालिकाको लागि अत्यावश्यक बालसाहित्यको विकास र सम्वर्धनमा समेत प्रज्ञाप्रतिष्ठानले गरेको कार्य प्रसम्सनिय रहेको सम्पादकहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू