अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

मेक्सिकोमा टेलिभिजन पत्रकारको गोली हानी हत्या

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:१२ मा प्रकाशित

मेक्सिकोमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको कानकुन सहरमा ‘क्यानल टेन’ नामक टेलिभिजन क्यामेरामान र संवाददाताकारुपमा कार्यरत् एनरिकको बुधबार सडकमा हिँड्दै गर्दा गोली हानी हत्या गरिएको हो । एनरिकसँगै अर्का एकजना व्यक्तिको पनि हत्या गरिएको जनाइएको छ ।

राजनीतिक विषयमा अन्तर्वार्तासमेत लिने गरेका उनको प्रतिशोधका कारण हत्या गरिएको अनुमान गरिएको छ । मेक्सिकोमा सन् २०१८ मामात्रै ८ जना पत्रकारको हत्या भइसकेको छ । गत दुई महिनामा हत्या गरिएका एनरिक दोस्रो पत्रकार हुन् । उनको हत्याको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, मेक्सिको सरकारले भने हत्या उनको पेसासँग जोडिएको हुन नसक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू