अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरणका लागि तत्कालै विशेष योजना बनाउन गृहमन्त्रीको प्रहरीलाई निर्देशन

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरणका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । बिहीवार गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्न विशेष योजना बनाउन आवश्यक रहेको वताउनुभएको हो ।

बलात्कारका घटना न्युनीकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ । गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कँही कतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभयो ।

महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भीरता पूवर्क कारवाही अघि बढाउनसमेत उहाँले प्रहरीलाई निर्देशन दिनुभएको हो । गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबै पक्षले काम गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू