अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

नेपाल आउन पाउँदा खुसी लाग्यो – भुटानी अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङ्चुक

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०३ मा प्रकाशित

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले नेपाल जस्तो सुन्दर र ऐतिहासिक देशमा आउन पाउँदा आफुलाई निकै खुसी लागेको वताउनुभएको छ । विनाशकारी भूकम्प भोगेको अवस्थामा पनि यस्तो भब्य सम्मेलन गरेको भन्दै उहाँले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंशा गर्नुभयो । शान्ति र स्थिरता बिना सम्बृद्धि सम्भव हुन नसक्ने भन्दै वाङ्चुकले आजको समयमा बिमस्टेक अत्यत्यै महत्वपूर्ण भएको वताउनुभयो ।

डेढ अर्ब जनसंख्या र विश्वको अर्थतन्त्रको २२५ अर्थतन्त्र रहेको विमस्टेक क्षेत्रको महत्व छुट्टै रहेको उल्लेख गर्दै उहाँले अव सदस्य राष्ट्रहरुले क्षेत्रीय डिजिटल कनेक्टेभिटिलाई प्रबद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । बलियो डिजिटल सम्पर्कले मात्र जनताबीचको सम्पर्क बलियो वनाउने र नेपाल तथा भुटान जस्ता भूपरिवेष्ठित राष्ट्रलाई यसको झनै आवश्यकता रहेको उहाँको ठहर थियो ।

बङ्लादेशले दोस्रो विमस्टेक सम्मेलनमा राखेको सास्कृतिक सम्मेलनको प्रस्ताव भुटानले स्वीकार गर्ने बताउँदै उहाँले विमस्टेकको लक्ष्यमा आफूहरु पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । अगस्ट १ मा भुटानको सरकारले आफ्नो कार्यकाल पुरा गरेकाले संविधान अनुसार ९० दिन भित्र निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले त्यही अन्तरिम सरकारको प्रतिनिधिको रुपमा आफू चयन उल्लेख गर्नुभयो । वाङ्चुकले आफ्नो नेतृत्वको सरकारले आगामी अक्टोबरको अन्तिम सम्ममा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने गरी काम गरिरहेको पनि वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू