अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

भारत बिमस्टेक सदस्य राष्ट्रहरुसंग काँधमा काँध मिलाएर अगाडि बढ्न तयार– भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बिमस्टेक राष्ट्रहरुसँग काँधमा–काँध मिलाएर अगाडि बढ्न सधैं तयार रहेको वताउनुभएको छ । काठमाण्डौंमा आजदेखि शुरु भएको बिमस्टेक सम्मेलनलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा वताउनुभएको हो । सम्मेलनमा आफ्नो पहिलो सहभागीता रहेको बताउँदै प्रधानमन्त्री मोदीले सबै सदस्य राष्ट्र विकासोन्मुख देश रहेको वताउनुभयो । सदस्य राष्ट्रहरुले सम्पर्कको सबै आयाममा मिलेर काम गर्नुपर्ने मोदीको भनाई थियो । विमस्टेक राष्ट्रहरुवीच सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक रहेको उहाँको ठहर थियो ।

प्रधानमन्त्री मोदीले अधिंकाश राष्ट्र कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी गराउनुभयो । त्यस्तै,सबै विमस्टेक सदस्यहरुलाई इण्डिया मोबाइल कन्फरेन्समा सहभागीताको लागि मोदीले निमन्त्रणा समेत गर्नुभयो । बौद्ध धर्मले सदस्य राष्ट्रहरुलाई जोड्ने उल्लेख गर्दै उहाँले भारतमा अगस्त २४ मा आयोजना गरिएकोे वौद्ध सम्मेलनमा सहभागिताका लागि सबै विमस्टेक सदस्यलाई आव्हान गर्नुभयो ।

प्रधानमन्त्री मोदीले भारतको नालान्दा विश्वविद्यालयमा विमस्टेक सदस्य राष्ट्रका ३०जना विद्यार्थीहरुलाई छात्रवृत्री दिइने घोषणा गर्नुभयो । नालान्दा विश्वविद्यालयमा सेन्टर अफ वे अफ बङ्गाल स्टडी सेन्टर को स्थापना गर्ने मोदीको भनाई थियो । हिमालय र बंगालको खाडीबाट जोडिएको देशहरु बारम्बार प्राकृतिक प्रकोप भागिरहेको बताउँदै मोदीले यसमा सबैको साथको आवश्यकता औल्याउनुभयो ।
उहाँले ब्लू इकोनोमिक क्षेत्रमा रहेका युवाहरुलाई सहयोग गर्न भारत तयार रहेको पनि जिकिर गर्नुभयो । यसको लागि कानुन निर्माता महिला सांसदबीचको सम्पर्क तथा सम्बादको वातावरण विकास गर्नुपर्ने मोदीको ठहर थियो । विमस्टेकको प्रकृयाको ठोस कार्यन्वयनको लागि यो सम्मेलनको सफलता निर्भर रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू