अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 22:33

काठमाडौंमा चौथो बिमस्टेक सम्मेलन शुरु

बिआरटीनेपाल २०७५ भदौ १४ गते ८:५७ मा प्रकाशित

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन काठमाण्डौंमा सुरु भएको छ । बिमस्टेकका अध्यक्ष नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको एक होटेलमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलनमा सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ सहभागी हुनुहुन्छ ।

सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन शुक्रबार समापन हुनेछ ।

सम्मेलनमा वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा ले १५–१५ मिनेट सम्बोधन गर्नुभएको छ । सम्मेलनमा प्रधानमन्त्री ओलीले भने २२ मिनेट सम्बोधन गर्नुभएको थियो । यसअघि बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू