अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

२ मुक्तक

सरोज भुसाल २०७५ भदौ १४ गते ८:१५ मा प्रकाशित

घामले पनि पोल्न छोडी न्यानो उनलाई दिन्छ
जुनले पनि उनलाई देख्दा सर्माएर लुक्छ
हावा पनि सुस्त सुस्त उनकै वरिपरि
पानी पनि भिजाएर भित्री अगं छुन्छ ।

*******************

ढुगां र माटोको थुप्रो भनौँ या घर के भनौँ
हड्डी र मासुको थुप्रो भनौँ या शरीर के भनौँ
खादा र मालामा सजिएको देखेथे हजुरलाई
साहित्यकार , कवि या गजलकार के भनौँ ?

प्रतिक्रिया