अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

नेपाल हस्तकला महासङ्घको विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको ३७ औँ साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बिआरटीनेपाल २०७५ भदौ १४ गते ८:०० मा प्रकाशित

विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रदेश. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभयो । सम्मेलनमा मुख्यमन्त्री पौडेलले नेपालमा निर्यातको सबैभन्दा बढी सम्भावना हस्तकलाको रहेकोले निर्यात अझ बढाउनुपर्ने बताउनुभयो । 

हस्तकलाको विकास र प्रवर्द्धनमा सरकारको ठुलो लगानीको जरुरी रहेको नेपाली व्यवसायीहरूको भनाइ छ । सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ । बिहीबार कला विषयक गोष्ठी सम्पन्न भएका छन् । सम्मेलनमा सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमण, सांस्कृतिक नगरी घोषणा गरिनेछ । नेपालले ललितपुर महानगरपालिकालाई सांस्कृतिक कला नगरी घोषणा गर्ने भएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी कला, शिल्प तथा प्रविधिको आदान प्रदान भएको र नेपाली हस्तकलाको प्रचारप्रसार, पर्यटकीय स्थलको प्रवर्द्धन, विभिन्न देशका कलाकारको हस्तकलाको प्रदर्शनी भएको नेपाल हस्तकला महासङ्घका अध्यक्ष एवं विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेत, ओमान, काजकिस्तान, इरान, मलेसिया, श्रीलंकला, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशहरूले आ—आफ्नो हस्तकलाका उत्पादनहरूको स्टलमा राखेका छन् । हस्तकला महासङ्घले आयोजना गरेको सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रम्ख चिरिबाबु महर्जन लगायतको उपस्थिति थियो । सम्मेलनमा विभिन्न ४५ देशका एक सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलन दुई दिनसम्म हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू