अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

एसिया कप छनोट– पहिलो खेलमै नेपाल ओमानसंग पराजित

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:२७ मा प्रकाशित

एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । बुधबारै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई २१५ रनले पराजित गरेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, युएई, सिंगापुर र हङकङ सहभागी छन् । प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एसिया कपमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू