अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

२० वर्षपछि नेपाललाई एसियाडमा सफलता, प्याराग्लाईडिङ्गमा रजत पदक प्राप्त

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:१२ मा प्रकाशित

इन्डोनेशियामा जारी एशियाडमा नेपालले पहिलो पदक जितेको छ । प्याराग्लाईडिङ्गको पुरुष क्रस कन्ट्रीतर्फ नेपालले रजत पदक जितेको हो । सो स्पर्धामा स्वर्ण पदक भने जापानले जितेको छ । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदा जापानले ११ हजार ३९१ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल भएको हो ।

प्याराग्लाइडिङको नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, उकेश गुरुङ र विमल थापा सहभागी हुनुहुन्छ । तेक्वान्दो, कराते, बक्सिङ जस्ता पदक आशा गरिएका स्पर्धामा पदक बिहिन भएको नेपाललाई प्याराग्लाइडिङमा पाएको रजत पदकले ठूलो खुशी दिएको छ । यो पदक एसियाडमा नेपालको दोस्रो रजत पदक हो ।

यसअघि, सन् १९९८ को एशियाडमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जित्नुभएको थियो । प्याराग्लाईडिङ्ग एशियाडमा पहिलो पटक समावेश गरिएको हो र यसमै नेपालले सफलता हासिल गर्न सफल भएको हो ।

 

प्रतिक्रिया