अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

तमु समाज, पोर्चुगलको अध्यक्षमा प्रितम तमु

बिआरटीनेपाल २०७५ भदौ १३ गते ८:४४ मा प्रकाशित

लिस्वोन, पोर्चुगलको नेपाली डायस्पोरामा सक्रिय सामाजिक संस्था “तमु समाज,पोर्चुगलको” अध्यक्षमा प्रितम तमु सर्वसम्मत निर्वाचित भएका छन् ।

तमु समाज,पोर्चुगलको हिजो २७ अगष्ट २०१८ मा सम्पन्न सातौँ ऐतिहासिक अधिवेशनले आगामी(२०१८—२०२०) दुई बर्से कार्यकालका लागि २१ सदस्य नयाँ कार्य समिति चयन गर्दै राजधानी लिस्वोनमा सम्पन्न भएको छ ।

पोर्चुगलमा करिब चार सय भन्दा बढी तमु दाजु भाइ तथा दिदी बहिनीहरू विभिन्न पेसा तथा व्यावसायिक गर्दै बसोबास गर्दछन् । सन २००८ मा स्थापना भएको तमु समाज पोर्चुगलको नेपाली डायस्पोरामा रहेका अन्य विभिन्न सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै अग्रणी स्थानमा आफ्नो भूमिका निर्वाह गर्दै आएको संस्था हो ।

ज्योति छाया तमु (हाल बेल्जियम), पञ्च तमु (हाल नर्वे) र राज कुमार तमुले समाजको नेतृत्व गरी सकेका छन् भने पोर्चुगलका लागि नेपाली पर्यटन दूत, सफल ब्याबसायी, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य,गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका पूर्व अध्यक्ष, समाज सेवी रमेश कुमार तमु यस समाजका एक मात्र संरक्षक हुनुहुन्छ ।

प्रवासमा रहेका तमु दाजु भाइ तथा दिदी बहिनीहरू बिच आपसी मेलमिलाप,सहयोग र सद्भाव कायम गर्ने उद्देश्य अनुरूप स्थापना गरिएको यस समाजले आफ्नो भाषा, धर्म तथा संस्कृतिको संरक्षण, सम्बन्धन, प्रबर्द्धन र विकासका लागि स्वदेश तथा विदेशमा पुलको रूपमा काम गर्दै आएको छ भने अन्य समुदायहरूसँग पनि आपसी मेलमिलाप, सहयोग र सद्भाव कायम राख्दै संस्थागत विकासका साथै समुदायको विकासमा अग्रसर रहँदै आएको छ ।

नव निर्वाचित कार्य समितिहरूमा अध्यक्ष — प्रितम तमु, उपाध्यक्ष — आरती तमूस्यो, उपाध्यक्ष — मिलन तमु, सचिव — अम्बर तमु, कोषाध्यक्ष- पार सुब्बा तमु, सह—सचिव—उमेश तमु छन् भने सदस्यहरूमा राजु तमु, सुनिल तमु, नवीन तमु, राजेश तमु, सरल तमूस्यो, सदस्य—देवी तमूस्यो, जगदीश तमु, अनिल तमु, हिरा काजी तमु, —कमल तमु, भीम तमु, सिजन तमु, शान्ति तमूस्यो, रविन तमु छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू