अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

प्रहरीको गोलीबाट मारिएका वीरेन्द्र ‘असल मानिस’, न्यायका लागि लड्न आर्थिक सङ्कलन सुरु

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ १३ गते २१:४२ मा प्रकाशित

गत शनिवार प्रहरीको गोलीबाट मारिएका वीरेन्द्र ठकुरी असल मानिस भएको उनी आबद्ध समाजका मानिसहरूले बताएका छन् । उनीहरूले वीरेन्द्रलाई ‘न्याय दिलाउन’ आर्थिक सङ्कलन अभियान गो फण्ड सुरु गरिएको छ । तलको लिन्कमा गएर आर्थिक डोनेसन दिन सकिनेछ ।

https://www.gofundme.com/tfqku-justice-for-birendra-thakuri

आर्थिक सङ्कलन अभियानका लागि तयार पारिएको प्रस्तावनामा भनिएको छ, ‘२५ अगस्ट २०१८ शनिवार हामीले हाम्रो समुदायको उज्वल तथा सहृदयी सदस्य गुमायौँ । वीरेन्द्र ठकुरी समुदायका सदस्य मात्र थिएनन्, उनी अरूलाई सहयोग गर्न हमेसा तत्पर रहने, असल र अझ महत्त्वपूर्ण कुरा समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध उर्जावान युवा थिए ।’

परिश्रमी एकल महिला आमाबाट नेपालमा जन्माइएका र हुर्काइएका उनी सानै उमेरमा रेस्टुरेन्ट सञ्चालन गर्थे । साथै, चर्च र सामाजिक सङ्घ संस्थाहरू मार्फत अथक रूपमा सामुदायिक सेवामा तल्लीन थिए । मानिसहरूले उनलाई परिवार र समाजप्रति समर्पित परिश्रमी र नैतिक वान मानिसका रूपमा चिन्छन् । वीरेन्द्र हँसमुख स्वभावका खुला हृदयका मानिस थिए । उनी अप्ठ्यारो परेकालाई सहयोग गर्न हमेसा तत्पर रहन्थे ।

अप्ठ्याराहरू असल मानिसलाई नै आइपर्छ भनेझैँ वीरेन्द्र शनिवार कोलोराडोको वेस्टमिनिस्टरमा प्रहरीले चलाएको गोलीबाट मारिए । गोलीकाण्डबारे थप स्पष्ट पारिएको छैन । वेस्ट मिनिस्टर पुलिस डिपार्टमेन्टले फेसबुकमार्फत जारी विज्ञप्ति वास्तविकताभन्दा पर रहेको अभियानमा संलग्नहरूको भनाइ छ । ‘समूहगत भिडन्तका कारण गोली चलाउनु परेको र निहत्था मानिस मरेको भन्ने प्रहरी दाबी छ,’ प्रस्तावनामा उल्लेख छ, ‘तर वीरेन्द्र कसैका लागि खतरा थिए भन्ने हामी विश्वास गर्दैनौँ । खासमा उनी हाम्रो समाजको असल र सहयोगी मानिस थिए ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू