अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ १२ गते २२:५१ मा प्रकाशित

बोस्टन, नेपाली अमेरिकन विज्ञहरूको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन सहरमा सम्पन्न भएको छ । 

बोस्टनको हावार्ड विश्व विद्यालय मेडिकल स्कुलको सभा हलमा ६५ विज्ञहरू र दर्जनौँ स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिका का १७ राज्यबाट २४ जना विज्ञहरूद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो ।

नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको सम्मेलनको संयोजन युएसएनपी आरसीका सदस्य तथा हाबर्ड विश्व विद्यालयका वैज्ञानिक दीन बन्धु भट्टले गर्नु भएको थियो । सम्मेलनमा विज्ञहरू डा सुरेन्द्रराज देवकोटा, डा आमोद पोख्रेल, डा आलोक देवकोटा, डा यादव पण्डित, डा सुमन पराजुली, अमेरिकी सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास, डा तिलक भण्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, वंशलाल तामाङ, डा विष्णु घिमिरे, डा अनोवा गुरुङ, कोविद दाहाल, अजित बराल, राज सराफ, मुकेश बराल, नरेन्द्र जोशी, डा पंकज बराल, डा लक्ष्मीविलाश आचार्य, डा प्रकाश श्रेष्ठ, डा. शिव हरी दाहाल, एडा थापा डा रुद्र अर्यालले विभिन्न विषयमा प्रस्तुतीकरण र प्रश्नोत्तर गर्नु भएको थियो ।

नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी सम्बन्धित सरकार र सरोकारवाला निकायहरूलाई विभिन्न नीतिगत विषयमा नेपाली विज्ञहरूबाट सामूहिक र संथागत सहयोग र सुझाव दिने उद्देश्य रहेको यस संस्थाको तेस्रो सम्मेलन पांचवटा सत्रमा विभाजित रहेको थियो ।

संस्थागत संरचना र स्थानीय सरकारहरू विषयक सत्रको सभापतित्व र सञ्चालन डा राजन पन्त, कृषि, प्रत्यक्ष वैदेशिक लगानी र आर्थिक विकास विषयक सत्रको सभापतित्व र सञ्चालन डा अर्जुन बन्जाडे, विदेशमा रहेका नेपाली र सूचना प्रविधि विषयक सत्रको सभापतित्व र सञ्चालन डा देश राज संयोक, स्वास्थ्य र विकास विषयक सत्रको सभापतित्व र सञ्चालन जगदम्बा अधिकारी र युएसएन पीआरसी संस्थाद्वारा हाल सञ्चालित र भावी परियोजना सत्रको सभापतित्व र सञ्चालन तरुण पौडेलले गर्नु भएको थियो ।

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तव्य, कार्यकारी सचिव डा. अर्जुन बन्जाडेले संस्थाका गतिविधिका बारेमा र दीन बन्धु भट्ट ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केही संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्कोमा आयोजना गर्ने र सन २०१९ को सुरु तिर काठमाण्डौमा नेपालमा नयाँ संथागत संरचना अवसर कि सङ्कट विषयमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू