अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

अमेरिका र मेक्सिकोबीच नयाँ व्यापारिक सम्झौता गर्ने सहमति

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:२९ मा प्रकाशित

अमेरिका र मेक्सिकोबीच २५ वर्षे पुरानो उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सहमति भएको छ । पुरानो सम्झौताप्रति आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सम्झौताको घोषणा गर्नुभएको हो । ट्रम्पले नयाँ सम्झौता ‘गज्जबको निष्पक्ष’ हुने दावी गर्नुभएको छ । सम्झौताले दुई देशबीचको व्यापारिक सम्पर्कहरूलाई पुनःस्थापित गर्न बाटो खोल्ने अनुमान गरिएको छ ।

मेक्सिकोमा सत्ता छोड्न लागेका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अति सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपतिमा निर्वाचित म्यानुयल लोपेज ओब्राडोरले दुईपक्षीय नयाँ सम्झौताका लागि पहिलो कदम भएको वताउनुभएको छ । उहाँले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा समेत व्यक्त गर्नुभएको छ ।

अमेरिका र मेक्सिकोबीच नयाँ सहमति भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउबीच छलफल भएको छ । उत्तर अमेरिकाबाहिर बनेका कारका पाटपुर्जा कार निर्माताले प्रयोग गर्न नपाउने प्रस्ताव नयाँ सम्झौतामा विवादित रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू