अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

शिक्षा मन्त्रालयद्वारा विद्यालय तहमा नयाँ पाठ्यक्रमको प्रारुप पास

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:२३ मा प्रकाशित

शिक्षा मन्त्रालयले विद्यालय तहमा नयाँ पाठ्यक्रमको प्रारुप पास गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद सानोठिमी, भक्तपुरले गत जेठमा बनाएको पाठ्यक्रमको प्रारुप पास गरिएको हो । नयाँ पाठ्यक्रमअनुसार अब कक्षा–११ र १२ मा सातओटा विषय पठनपाठन गराईनेछ । अहिलेसम्म पाँचओटा विषयमात्रै पढाइ हुने गरेकामा अब चारओटा अनिवार्य र तीन ओटा ऐच्छिक विषयको पठनपाठन हुने पाठ्यक्रम मूल्यांकन परिषदका प्रमुख कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । जसमध्ये नेपाली, अंग्रेजी, सामाजिक शिक्षा र जीवन उपयोगी शिक्षालाई अनिवार्य गरिएको छ भने ऐच्छिक विषय विद्यार्थीले छनोट गर्नुपर्ने प्रावधान रहेको छ ।

आगामी शैक्षिक सत्रदेखि लागू गर्नेगरी तयार पारिएको पाठ्यक्रममा कक्षा–९ र १० को पाठ्यक्रम पनि परिवर्तन गरिएको छ । कक्षा–९ र १० को पाठ्यक्रमबाट स्वास्थ्य तथा जनसंख्या विषय हटाइएको छ भने कक्षा–६ देखि ८ सम्म पढाइँदै आएको पेसा तथा व्यवसाय विषय हटाइएको छ । अब कक्षा ९ र १० मा पाँचओटा अनिवार्य र दुईओटा ऐच्छिक गरी ७ ओटा विषय पढाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू