अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

गाईजात्रामा कलाकारको व्यङ्ग्य: प्रधानमन्त्री ओली, प्रचण्डदेखि देउवासम्म बने सिकार

बिआरटीनेपाल २०७५ भदौ ११ गते ९:१८ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरू सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन् । 

रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउँदै जनताले दुःख पाएको बताए ।

उनले भने,‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसङ्ग जाड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्ट्याएको भन्नुहुन्छ ।’ 

उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, “यो संसारमा अहिलेसम्म वैज्ञानिकहरूले धेरै कुराको आविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।” 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न गाईजात्रा विशेष साक्षात्कारमा दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हास्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाएका छन् ।

उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्याचारको विषयलाई पनि कलाकारहरूले प्रहसन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ पाँचवर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हँसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दा पनि हँसाउने काम गरिरहनु भएको छ ।’ 

उनले अघि थपे,‘कलाकारहरूले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन, यो भन्दा ठुलो गाईजात्रा के हुन सक्छ ? यसपालि केही कलाकारहरूले मात्रै गाईजात्रा देखाउनेमा हुनुहुन्छ, हामीले प्रज्ञा भवनमा गर्ने गरेको हल पूनःनिमार्णको काम भइरहेको कारण यसपालि ज्ञाईजात्रा देखाउन पाएनौ, गाईजात्रासँग भावना र संस्कृति जोडिएको छ, यसलाई बचाई राख्नु हाम्रो कर्तव्य हो ।’

त्यस्तै गिरीले पनि धमलाको कटाक्ष गर्न भ्याए । रात दिन काममा मात्रै खटिने भन्दै गिरीले जहिले पनि बजिरहेन अर्लामसँग धमलाको तुलना गरे ।

गिरीले धमलाको प्रशंसा गर्दै भने, “हजार जिब्रा भएका शेष नागले पनि वर्ण गर्न नसक्ने, सायद यो ऋषि भन्ने जन्मसिद्ध नामले पनि होला । धमलासँग अभूतपूर्व कला पनि छ ।”

कार्यक्रममा अर्का लोकप्रिय हास्य व्यङ्ग्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताएका छन् ।

उनले भने,‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन, अहिले त कसैले सरकारको गल्तीका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानुन बनाउदैछन्, बोल्न पनि डरमर्दोछ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनै बेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिवंशले लुगा फेर्दै गरेको ठाउँमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।’

उनले भने,‘हरिवंशले डराउँदै किन के भयो ? केही गल्ती गरेकी भनेर सोध्दा भट्टाईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढी म आफैले गर्न सक्थे, पुगेन सरकारका गल्ती कम्जोरीको बारेमा खरो रूपमा प्रस्तुत हुनुपर्छ, खै मलाई त उडान सक्नु भएन, भन्नु भएको थियो तर आज मन्त्री, प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन ।’

उनले अघि थपे,‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कलाकारहरूले प्रस्तुत गरेको हास्य व्यङ्ग्य हेरेर सरकारलाई सचिने मौका मिलेको भन्दै धन्यवाद दिनुहुन्थ्यो रे, अचेल त त्यो अवस्था छैन, मेरै जिल्ला सिन्धुपाल्चोकका मन्त्रीले बोल्नु पूर्व ध्यान नदिँदा पद समेत गुमाउनु पर्‍यो म पनि त्यही जिल्लाको परे, अचेल बोल्दा ध्यान दिने भएको छु ।’

कलाकार नेपालले स्थिर सरकारलाई थाईराइड नहोस् भन्दै प्रधानमन्त्री, मन्त्री र नेताहरूले समेत टिकट काटेर हास्य व्यङ्ग्य हेर्न आउनु पर्ने भन्दै कलाकारहरूले नेताहरूको पछि नलाग्न सुझाव दिएका छन् ।

उनले भने,‘प्रधानमन्त्री, मन्त्रीलाई बोलायो भने साथमा १५ जना वाकेर आउनु हुन्छ, कार्यक्रमको बारेमा गम्भीर भएर सुन्नु हुन्न, कार्यक्रमको बिचबाटै उठेर हिँड्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीलाई आफ्नो काम गर्न दिनुपर्छ, हामीले आफ्नो काम गरौँ, नेता मन्त्रीलाई भाउ नदिउ, कलकाहरुले प्र म, मन्त्रीलाई बहिष्कार गरौँ, मन्त्री नहुनु पर्व एक जना नेताले मलाई नमस्कार गर्नुहुन्थ्यो, मन्त्री बनेपछि मेरो नमस्कार समेत फर्काउन गाह्रो मान्नु हुन्छ ।’

नेपालले प्रस्तुतिका क्रममा धमलाको पत्रकारिता क्षेत्रको उजागर गरे । केही महिनाअघि विमान बङ्गलादेशको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा भारतीय टिभीमा रिपोर्टिङ गर्दाको प्रसङ्ग उठाएर नेपालले धमलामाथि हमला गरे ।
अङ्ग्रेजीमा प्रश्न साधेको तर धमलाले हिन्दीमा जवाफ दिएको विषय त्यस बेला चर्चित भएको थियो । नेपालले कटाक्षका साथै विदेशी च्यानलले रिपोर्टका लागि अरू पत्रकारलाई फोन नगरी धमलालाई नै गर्नु उनको सक्रियता र सफलता भएको बताए ।

“रिपोर्टिङका क्रममा हिन्दी बोलेको भनेर आलोचना पनि भयो । तर भनेको जिउँदो मान्छे हो । अङ्ग्रेजी बोल्न जान्ने पत्रकारलाई किन फोन आएन ? किनकि ऋषि धमला जति सक्रिय अरू छैनन् ।” नेपालले भने ।

त्यस्तै कार्यक्रममा हास्य कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशील नभएको आरोप लगाएका छन् ।

उनले भने,‘वर्तमान सरकार जनताका जन जीविका प्रति संवेदनशील छैन, हत्याहिंसा बलात्कारका घटना प्रति संवेदनहिन भएर पानी जहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यङ्ग्य गरिहरेको छ, गणतन्त्रमा जनता करको मारमा छन्, करले जनतालाई थिचिरहेको छ ।’ 

उनले अघि थपे,‘बलात्कारका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्, सरकारले उच्च चासो दिएर दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनु पर्छ, जघन्य अपराध गर्नेलाई मृत्युदण्डको भागिदार बनाउनु पर्छ ।’

रुपाखेतिले धमलाको नाक, आवाज र उचाइ सबै ठुलो भन्दै व्यङ्ग्य गरे । उनले धमलाको बोल्ने शैलीको क्यारिकेचर गरेका थिए ।

एक महिना अघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणलाई स्मरण गदै अर्का हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले प्यारोडी गीत गाएर सुनाएका थिए ।

उनले पत्रकार ऋषि धमलालाई साथमा राखेर बलात्कारका घटनाका दोषीलाई हदसम्मको कारबाही हुनुपर्छ भनेर लेख्न बोल्न आग्रह गरेका छन् । रुपाखेतिले धमलाको नाक, आवाज र उचाइ सबै ठुलो भन्दै व्यङ्ग्य गरे । उनले धमलाको बोल्ने शैलीको क्यारिकेचर गरेका थिए ।

त्यस्तै केदार घिमिरेले प्रस्तुतिका क्रममा धमलालाई आफ्नो पछाडि नै उभ्याएर व्यङ्ग्य गरे । उनले धमलाको नाम जोडेर गीतसमेत गाएका थिए ।
घिमिरेले धमलालाई नचाउनसमेत भ्याए ।

उनले कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालकको तीन सेन्टिमिटर लामो नाक भएका भन्दै कटाक्ष गरेका थिए । कार्यक्रममा हास्य कलाकार श्री कृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यङ्ग्य गर्दै सरकारले जनतालाई राहतको रूपमा कर लादेको बताए । 

उनले भने,‘सरकारले करको दर बढाएको छ, जनताको घर ठुलै बन्ने भए ! सरकारी राहत पाएपछि घरको चुल्होमा भात पाक्ने नै भयो, कर तिरेपछि भातपाक्नेमा डर छैन ।’ उनले धमलाको प्रशंसा गर्दै जनता जान्न चाहन्छन् कार्यक्रम सञ्चालन गर्ने शैलीको क्यारिकेचर गरेका थिए । धमलाले कार्यक्रमका क्रममा भन्ने गरेको हाम्रो बिचमा हुनुहुन्छ भन्ने थेगोलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका थिए ।

“हाम्रो बिचमा हुनुहुन्छ । टेलिफोनमा कुरा भइराछ । मान्छे ३ सय किलोमिटर टाढा छ । कसरी बिचमा ?” उनले कटाक्ष गरे । कार्यक्रममा शिव शङ्कर रिजालले सम्पन्न विश्वकलाई स्मरण गर्दै पत्रकार ऋषि धमला सबैभन्दा धेरै खट्ने पत्रकार भएको दाबी गरे ।

उनले भने,‘विश्वकप खेलमा अर्जेटिनाका मेस्सिले देखाएको खेल र नेपालमा ऋषि गरिहरेको पत्रकारिताको छुट्टै महत्त्व छ, मैले यसपालि माछो माछो भ्यागुतो भन्ने गाईजात्रा ल्याएको छु, जनताहरूलाई करले सताएको छ, नेकपा भनौँ या सत्ता पक्ष डन बनेको छ, प्रतिपक्षले मन राख्न सकेको छैन, अस्तव्यतबाट बाहिर ल्याएर मुलुकलाई समृद्धि बनाउन तर्फ सबैले ध्यान दिनुपर्छ ।’

रिजालले धमला र फुटबल खेलाडी मेसीबिचको समानता फरकपनलाई चोटिलो पारामा प्रस्तुत गरेका थिए । रिजालले विश्वकपमा मेसीले अर्जेन्टिनालाई जिताउन नसकेको उदाहरण दिँदै उनले मेसीले देशका लागि केही पनि गर्न नसकेको र धमलाले पनि देशका लागि केही पनि गर्न नसकेको आरोप लगाए ।

मेसी र धमलाबिचको फरक प्रस्तुत गर्दै उनले भने, “मेसी अलिकति चिसो एसी, पत्रकार ऋषि धमला अलिकति बेसी, मेसीको बार्सिलोना क्लब छ ऋषिको रिपोर्टस क्लब छ । मेसीको तीन वटा श्रीमती छ ऋषिको एउटै श्रीमती ।”

कलाकार तथा गायिका भूमिका शाहले पछिल्लो समय नेपालमा वर्षै भरी गाईजात्रा भइरहेको भन्दै देशमा हुने गरेको बेथितीप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले बलात्कारका घटना बढिरहेको भन्दै यसलाई रोक्नका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । बलात्कारीलाई फाँसीको सजाएँ हुनुपर्ने मागसमेत गरेकी छिन् ।

उनले आफ्नो टेलिभिजन कार्यक्रम लौकी बज्यैको सानो अंश प्रस्तुत गरेकी थिइन् । शाहले धमलालाई पत्रकारिता क्षेत्रको खम्बा जस्तै भएको भन्दै प्रशंसा गरिन् ।

पल्पसा डंगोलले त ऋषि धमला आफ्नै श्रीमान् भएको दाबी गरिन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा केही समय धमलासँगै काम गरेकी डंगोलले सन्दर्भ जोडेकी थिइन् । पहिला मुलाको सागको श्रीमती भन्ने गरे पनि पछिल्लो समय धमलाको श्रीमती भन्ने गरेको उनले बताइन् ।

राजाराम पौडेलले धमलाको लामो नाकप्रति व्यङ्ग्य गरे । उनले धमला आफ्नो बच्चादेखिको साथी भएको उल्लेख गर्दै सानो छँदा आफ्नो गालामा किस खाँदा नाकले घोचेको स्मरण गरे । उनले धमला पत्नी नायिका एलिजा गौतमसँग भेट हुँदा धमलाले किस खाँदा नाकले घोच्यो कि घोचेन भनेर प्रश्न गरेकोसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू